काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन ।
प्रम ओली सोमबार बेलुका अस्पताल पुगेका छन । उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ ।
नेकपाका वरिष्ठ अध्यक्ष समेत हरेका प्रधानमन्न्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका भान्जीले मिर्गौला दिनेछिन ।
अस्पताल भर्ना हुन अघि प्रम ओलीले एक भिडियो सन्देश जारी गरेका थिए । उक्त भिडियोमा पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन ।
Categorized in राष्ट्रिय