४ जेठ २०८२, शनिबार
Header

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई दिएको निर्देशनमा के–के छ ?


प्रकाशित: मंगलवार, १५ साउन २०८१, १९ः३५ बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सरकारका मन्त्री र सचिवहरुलाई केही बुँदे निर्देशन दिएका छन । 


सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले २ वर्ष आफूले सरकारको नेतृत्व हुने बताउँदै विभिन्न कामहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन । 


प्रधानमन्त्रीले दिएका निर्देशनहरुः  


१. सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्नु ।  


२. यो सरकार स्थायित्वको कार्यभार लिएर आएकोले ढुक्कसँग काम गर्न निर्देशन । 


३. दिनभरि काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू ।


४. हामीले नयाँ काम भन्दा पनि हाल थालिएका काम सम्पन्न गर्ने गरी लाग्नुपर्छ । काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान हुनुपर्छ ।


५. हामीले इन्धन आयातका लागि खर्चने अर्बौ रकम बचाएर जलविद्युतको विकास र उपयोगमा ध्यान दिनुपर्छ ।


६.सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने ? यसमा ध्यान दिन सक्नुपर्छ ।


७. कुनै पनि कुरामा ढिलासुस्ती नगर्न र समन्वय बढाउन निर्देशन । सेवा लिने नागरिकले कति टाढादेखि बाटो खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम विना झन्झट गरिनुपर्छ ।


८. अनावश्यक समिति र संरचना नबनाउने । कामको परिणाम देखिने गरी गर्ने ।


९. कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठिक समयमा गरेर पूर्णरुपमा काम गर्ने पद्धतिमा जानू ।


१०. आफ्नै सम्पत्ति  बिक्री गर्दा पनि स्रोत देखाउनुपर्ने जस्ता स्थितिहरु छन । यस्ता अन्योल र प्राविधिक पक्षहरुलाई व्यवस्थित गर्नुपर्छ ।


११. सेवाग्राहीले निवेदन दिए बित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ । फाइल रोकेर राख्न मिल्दैन ।


१२. बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन । उनीहरुले ऋण लिएर लगानी गरेका हुन्छन्, हामीले समयमा भुक्तानी नदिने गर्दा उनीहरु मर्कामा पर्छन् । यसरी कृषिको आधुनिकीरणमा पुग्न सकिँदैन ।


१३. निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिकाको अन्तय गर्नु पछ ।


१४. हामी आर्थिक अनुशासनलाई पालना गरौं । रुजु हुने गरी काम गरौं । अनुदानका रकमको व्यवस्थित वितरण गरौं । व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नुपर्छ तर व्यक्तिगतरुपमा दिइने कृषि अनुदान आदिका रकमको दुरुपयोग भएको छ, अनुगमन गरौँ ।


१७. करका दरहरु विस्तार गर्ने कुरामा उत्साहित नहोऔँ । मौद्रिक नीतिले बजारमा राम्रो उत्साह दिएको छ, यसलाई काम राखेर जानुपर्छ । बजारलाई चलायमान हुने गरी जानुपर्छ ।


१८. धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ ।


१९. सरकारको कार्यकालको सय दिनसम्म पुग्दा साधारणतयताः मन्त्रीहरुले अरुको आलोचना नगर्नू । आफ्नो काम गर्नू । 


२०. प्राथमिकताप्राप्त आयोजनाहरुका काम वर्षौंसम्म नसकिने स्थिति हुन हुँदैन ।


२३. राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरु लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ । रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनतको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।


२४. जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्न सक्नुपर्छ । काठमाडौंका सुकुम्बासीलाई एकान्तमा लगेर घर बनाइदिएर उनीहरुलाई बजारसँग पहुँच हुन सक्दैन । ती घर काम लागेनन् । त्यो खालका कामबाट शिक्षा लिएर अब व्यवहारिकरुपमा उचित हुने गरी काम गर्नुपर्छ ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex