काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिविसी वल्र्डसँगको अन्तर्वार्तामा बैदेशिक ऋण लिनेदेखि लिएर रुख रोपने योजना सुनाएका छन ।
बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रम ओलीले आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा ऋण वैदेशिक लिने बताएका छन ।
सो अन्तर्वार्तामा उनले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट पारेका थिए ।
नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको विषयमा सोधिएको प्रश्नवमा प्रम ओलीले सो कुरा बताएका थिए ।
त्यसैगरी विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए ।
बातावरणसम्न्धीको प्रश्नमा नेपाल बातावरणप्रति सधै सजग रहेको बताएका थिए ।
सगरमाथा आरोहणमा ११ जना मरेको विषयमा सोधिएको प्रश्नमा प्रम ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको धेरै अनुमति नदिइएको स्पष्ट पार्दै आरोहीले राम्रो मौसक कुरोको र धेरै पनि कुर्नु पर्ने भएको थियो, यसमा पुनःबिचार गर्नुपर्ने छ, बाहिर हल्ला गरेझै जटिल भने नभएको बताए ।
कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो ।
Categorized in राष्ट्रिय