काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन ।
आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत १८८ सांसदहरुले दिएका छन । सरकार निर्माणकको लागि लागि १३८ जना सांसदको साथ भए पुग्छ ।
प्रतिनिधि सभाको बैठकमा २६३ जना सांसदमध्ये १८८ जनाले प्रधानमन्त्री ओलीलाई समर्थन गरेसँगै ओली नेतृत्व सरकारलाई दुई तिहाई बहुमत प्राप्त भएको हो ।
सभामुख देवराज घिमिरे प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भन्नेमा १ मत आएको प्रतिनिधिसभामा जानकारी गराएका थिए ।
अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिए।
प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका छन ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेलगायत ७ बुँदे सहमति पनि सार्वजनिक गरेका थिए ।
Categorized in राष्ट्रिय