काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन ।
ओलीले आफ्नो राजीनामा मुलुकमा उत्पन्न असामान्य परिस्थितिको समाधानका लागि आवश्यक राजनीतिक निकासका रूपमा भएको बताएका छन ।
उनले सोमबार जारी गरेको राजीनामा वक्तव्यमा संविधानसम्मत तरिकाले राजनीतिक स्थिरता र समाधानको पहल गर्न आफूले पदबाट हट्ने निर्णय गरेको उल्लेख गरेका छन ।
ओलीले भनेका छन, “हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका लागि र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ ९१० क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।”
उनको राजीनामापछि नयाँ राजनीतिक समीकरणका लागि दलहरूबीच छलफल तीव्र हुने संकेत देखिएको छ ।
अहिले मुलुक अस्थिर राजनीतिक परिस्थितिमा पुगेका बेला ओलीको कदमलाई आगामी सत्ता समीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
Categorized in राष्ट्रिय