काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डा पुगेर काठमाडौं– तराई द्रुतमार्गबारे जानकारी लिएका छन् ।
राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्गबारे जानकारी लिएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमार्फत जनाएको छ ।
दु्रतमार्ग आयोजनामा हालसम्म नेपाली सेनाले गरेको प्रगतिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओली विश्वस्त भएको र सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको विज्ञप्तीमा जनाएको छ ।
प्रम ओलीका साथमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय