काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार ललितपुरको एकान्तकुनामा ‘पानी जहाज कार्यलय’ को उद्घाटन गरेका छन ।
एक समारोहका बीच प्रधानमन्त्री ओलीले कार्यलय उद्घाटन गरी खुसी व्यक्त गरेका थिए ।
यस अघि प्रम ओलीले नेपालमा पानी जहाज चलाउने उद्घोष गरे अनुरुप कार्यलय स्थापनाबाट कार्य प्रभारम्भ गरेको हो ।
सो कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको बताए छन ।
उनले भने,‘ निकट भविष्यमै जहाजमा नेपालको झण्डा राखेर कुदाउँछौ ।’
कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ । मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले सो दरबन्धी निर्धारण गरेबमोजिम वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक÷एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको रहने छ ।
भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ । यसै विषयमा स्थलगत र सम्भाव्यता अध्ययन गर्न भारतको जल प्राधिकरणका अधिकारीहरु यही फागुन १९ गते नेपाल आउने तयारीमा छन ।
Categorized in राष्ट्रिय