काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन ।
प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने नेकपा एमालेका मुख्य सचेतक महेश बर्ततौलाले बताए ।
सो दिन प्रम ओलीले देशबासीका नाममा सम्बोधन गरेपछि विश्वासको मत लिन लागेका हुन ।
प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संसदको विश्वासको मत लिन उनलाई १३८ मत आवश्क हुन्छ ।
कांग्रेसको समर्थनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमवार प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।
Categorized in राष्ट्रिय