८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीले अध्यादेशहरु ल्याउनुको उदेश्य यसरी खुलाए (भिडियो)


प्रकाशित: बुधवार, २ माघ २०८१, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरू ल्याउनुको कारण खुलाएका छन । 


बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अध्यादेश सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले ल्याएका ती अध्यादेशबारे बताएका हुन । 


प्रधानमन्त्री ओलीले सरकारको कामलाई गति दिन अध्यादेश आवश्यक परेको प्रष्टोक्ति दिएका छन ।


भिडियोः 

 

 


‘सरकार टिकाउने मात्र हाम्रो काम होइन, टिक्न त टिकिहाल्छन् नि यत्रो मजबुत सरकार १ तर यसलाई सफल बनाउनुछ, काम गरेर । त्यसका निम्ति अध्यादेश आवश्यक भए र अध्यादेश हामीले ल्यायौं । यसमा कुनै प्रकारको कतै भ्रम नरहे हुन्छ,’ प्रधानमन्त्री ओलीको जवाफ छ ।


उनले अध्यादेश ल्याउँदा सत्ता सहयात्रीबीच कुनै समस्या नरहेको तर्क गरेका छन । विशेष गरी नेपाली कांग्रेससँग सम्बन्ध ठिकठाक रहेको प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका थिए । 


‘यी अध्यादेशहरू बाहिर कताकति चर्चा गरिए जस्तो, ।।यति वटा जारी भए, यति वटा राष्ट्रपतिबाट रोकिए भन्ने‘’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिले अध्ययन गर्नुहुन्छ नि त, अध्ययन गर्न लगाउनुहुन्छ, त्यसपछि उहाँले जारी गर्नुहुन्छ । कति मसान्तकै दिन भ्याउनुभयो । कति बाँकी रह्यो, भूमि सम्बन्धी अध्यादेश बाँकी रहेकोलाई रोकियो भन्ने ? शब्द नै मिलेन । अपव्याख्या हो, त्यसरी व्याख्या गर्न खोजियो ।’

 


गत २६ पुसको मन्त्रिपरिषद बैठकबाट एकैपटक पाँच अध्यादेश सिफारिस गरिएकोमा अरू चार अध्यादेश २९ पुसमै राष्ट्रपति कार्यालयबाट जारी भएको थियो । तर सुकुम्बासीलाई भूमि वितरण गर्न सिफारिस गरिएको केही नेपाल ऐन संशोधन अध्योदश–०८१ भने जारी गरिएको थिएन । 

 

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

15 January 2025, Wednesday


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex