१२ भाद्र २०८३, शुक्रबार
Header

प्रधानमन्त्री ओलीद्वारा ‘इद उलफित्र’मा शुभकामना


प्रकाशित: बुधवार, २२ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’ अवसरमा शुभकामना दिएका छन । 


उनले बुधवार एक शुभकामना सन्देश जारी गरी सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गरेका गरेका छन । 


सो अवसरमा प्रम ओलीले नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरिएको उल्लेख गरेका छन । 


उनले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको बताएका छन ।


मुस्लिम समुदायका यस महान पर्वमा आज काठमाडौंको जामे र कास्मिरीमा ठुलो संख्यामा उपस्थित भई शुभकामना आदानप्रदान गर्ने गर्दछन ।


मन्त्रिपरिषद बैठकले ‘इद उलफित्र’ को लागि देशभर सार्वजनिक विदाको घोषणा गरको छ । 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex