काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मृति पार्कमा गई शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्मान प्रकट गरेका छन ।
प्रधानमन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताएका छन ।
उनले शहिदको योगदानको चर्चा गर्दै शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाली सेनाको टुकडीले शहिदप्रति सम्मान स्वरुप सम्मान अर्पण गरेको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गरेर शहीदको सपना पूरा गर्ने समय आएको बताए ।
दिवसका अवसरमा आज काठमाडौँ महानगरपालिकाले प्रभातफेरिको आयोजना गरेको थियो । गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्ति र नागरिकको सहभागितामा रत्नपार्कस्थित शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरि लैनचौर पुगी समापन भएको थियो ।
यस अघि महानगरलले शहिदको सम्मानमा टेकुको मचली हुँदै सिफलमा विभिन्न कार्यक्रमहरु गरेका थिए ।
कार्यक्रममा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो ।
Categorized in राष्ट्रिय