४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रिय झण्डा ओढाई मन्त्री अधिकारसहित सातैजना प्रति श्रद्धाञ्जली


प्रकाशित: शुक्रवार, १७ फागुन २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन ।


शुक्रवार विहान टुँडिखेलमा आयोजित श्रद्धाञ्जली सभामा सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाए । 


सो क्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि स्व. अधिकारीको पार्थिव शरिरमा  श्रद्धाञ्जलि अर्पण गरे । 


त्यसैगरी मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए । 


काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका भ्रमण सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । 


सभमा आफन्तजन, शुभचिन्तक, पार्टी नेता, कार्यकर्तालगायतकाहरु श्रद्धाञ्जली अर्पण गर्न ठुलो संख्यामा उपस्थित भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex