११ भाद्र २०८३, बिहिबार
Header

प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा चर्को आलोचना


प्रकाशित: सोमबार, १२ फागुन २०७६, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यतिखेर समाजिक सञ्जालमा चर्को विरोध भईरहेको छ । 


प्रम ओलीले आफ्नो ६९ औं जन्मदिनको अवसरमा नेपालको नक्शा स्वरुपको केक काटेर जन्मदिन मनाएपछि आलोचना सुरु भएको हो ।


जन्मघर तेह्रथुमको आठराईमा प्रम ओलीले जन्मोत्सव मनाएको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा  नेपालको नक्शालाई काटेर खानु उचित नभएको भन्दै आलोचना हुन थालेको छ । 


यो सँगै नेकपा वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेको सोमबार अनलाईनखबरमा प्रकाशित समाचारमा उल्लेख छ ।


समाचार अनुसार नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा जारी गरेको सर्कुलर मध्ये आचार संहिताको दोस्रो बुँदामा भनिएको छ, ‘जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ ।’


तर प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव राजा महाराजाको शैलीमा तडक भडकपूर्ण किसिमले मनाएर आफ्नै पार्टीको आचारसंहिताको खिल्ली उडाइदिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex