२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीको अध्यक्षतामा व्यवसायीहरुसहितको परिषद् गठन


प्रकाशित: मंगलवार, १६ असोज २०७५, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा व्यवसायीहरुसहितको एक उच्चस्तरीय परिषद गठन भएको छ । 


प्रधानमन्त्री ओलीको अध्यक्षतामा उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद गठन भएको हो । 


निजी क्षेत्रसँग समन्वय गरेर लगानी अभिवृद्धि गर्न गर्न सो परिषद गठन भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयले जारी गरको विज्ञप्तीमा उल्लेख छ । 


गत असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार परिषद् गठन गरिएको हो ।  समितिको सदस्यहरुमा नेपाल सरकारको तर्फबाट उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब, अर्थमन्त्री डा. युवराज खतिवडा, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी छन । 


त्यसैगरी निजी क्षेत्रबाट सुरज वैद्य, जगदीश अग्रवाल, सीपी शर्मा, अनुपमा खुँजेली, प्रमिला रिजाल आचार्य, अम्बिका श्रेष्ठ, पद्म ज्योती, उपेन्द्र महतो, वसन्त चौधरी, रविभक्त श्रेष्ठ, आङछिरिङ शेर्पा, कैलाश सिरोहिया, विश्वास ढकाल, नकिम उद्दिम, लोकमान्य गोल्छा र चिरञ्जिवीलाल अग्रवाल सदस्य छन् । 


त्यसैगरी पदेन सदस्यहरुमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष लगायत रहेका छन् । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex