१५ बैशाख २०८२, सोमबार
Header

प्रधानमन्त्री ओलीः सरकारले ४ हजार बढिको ज्यान जोगायो, उद्धार र खोजीमा कमि कमजोरी 


प्रकाशित: मंगलवार, १५ असोज २०८१, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो पीडितहरुको उद्धार र खोजमा कमिकमजोरी भएको बताएका छन । 


मंगलवार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमिकमजोरी भएको हुनसक्ने बताउँदै आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन ।


प्रधानमन्त्री ओलीले जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन सबै पक्षलाई आव्हान समेत गरेका छन ।

 
‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ प्रधानमन्त्री ओलीले भने,‘कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।’


सरकारको संयत्रले यस विपत्तको घडीमा चार हजार भन्दा बढिको ज्यान जोगाएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन ।


उनले भने,‘ सरकारले केही राम्रा काम पनि गरेका होलान, सुरक्षाकर्मीहरुले गरेका होलान, चार हजार भन्दा बढि मान्छेलाई रेस्क्यू नगरेको भए त, उनीहरु बाच्न ग्राहो थियो, चार हजार भन्दा बढि मान्छेहरुलाई बचाएको छ ।’ 


बाढिपहिरोबाट मर्नेको संख्या २१९, काभ्रे, ललितपुर र धादिङमा बढि मृत्यु


नेपाल प्रहरी प्रधान कार्यालयको पछिल्लो अपडेट अनुसार बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ । 


विपद्बाट सबैभन्दा बढी मानवीय क्षति काभ्रे, ललितपुर र धादिङमा भएको काभ्रेमा ६५ जना, ललितपुरमा ४० र धादिङमा ३९ जनाले बाढी, पहिरो, डुबान र कटानजन्य प्रकोपमा परी ज्यान गुमाएका हुन ।


काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुरमा ७, पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन । 


प्रहरीका अनुसार भक्तपुर र सोलुखुम्बुमा ५/५ जना, सिन्धुलीमा ३ जना, झापा, धनकुटा, महोत्तरी, रौतहट र रुपन्देहीमा २/२ जना, उदयपुर, ओखलढुंगा, सप्तरी र रामेछापमा १/१ जनाको ज्यान गएको छ । 


अहिलेसम्म विपद्मा परी २७ जना अझै बेपत्ता र १ सय ५६ जना घाइते भएका छन । प्रहरीका अनुसार विपद्मा परेर काठमाडौंमा २, ललितपुरमा १०, पाँचथरमा ४, मोरङमा १, सर्लाहीमा १, पर्सामा १, काभ्रेमा ६ र सिन्धुपाल्चोकमा २ जना बेपत्ता छन । 


विपदमा फसेका १२ हजार ५ सय ८४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय लगायतको सहयोगमा उद्धार गरिएको छ ।


प्रधानमन्त्री ओली अमेरिकाबाट फर्के लगत्तै मन्त्रिपरिषद बैठक बसी सरकारले बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । 


त्यस्तै बेपत्ता रही १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने निर्णयसमेत सरकारले गरेको छ । गत शुक्रवारदेखि शनिवार सम्म परेको अविरल बर्षाको कारण राष्ट्रिय विपत्त आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex