१६ चैत्र २०८०, शुक्रबार
Header

प्रधानमन्त्री इमरानद्धारा कश्मीरको रक्षा गर्न हदैसम्म जाने चेतावनी


प्रकाशित: मंगलवार, १० भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । पाकिस्तानको प्रधानमन्त्री इमरान खानले कश्मीरको रक्षा गर्न आफू हदैसम्म जान सक्ने चेतावनी दिएका छन । 


प्रम खानले राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रसंघले कश्मीरको जनतालाई हेर्छ कि हेर्दैन आफू हेरिरहेको बताउँदै कश्मीर मुद्दाले लडाईको रुप लिएको खण्डमा दुवै देश परमाणु शक्ति सम्पन्न राष्ट्र हो । हामी कुनै पनि हदसम्म जान सक्ने बताए । 


कश्मीरी जनता संकटमा रहेको भन्दै उनले भने,‘म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने छु ।’


२७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने प्रम इमरानले बताउँदै पूरै पाकिस्तानमा १२ बजेदेखि साढे १२ बजेसम्म आधा घण्टा बाहिर निस्किएर कश्मीरको बारेमा पनि बताउने प्रधानमन्त्री खानले जानकारी दिए ।


भारतले कश्मीरको विशेष अधिकारलाई मिच्दै भारतले संविधानको धारा ३७० खारेज गरेपछि यो यतिखेर अन्तर्राष्ट्रिय मुद्दा बनेको छ । 


कश्मीर मामिलाका कारण भारत–पाकिस्तानविच पछिल्लो समय द्वन्द्वको स्थिती बनेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD