१ भाद्र २०८३, सोमबार
Header

प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन सभामुखको निर्देशन


प्रकाशित: सोमवार, १ भाद्र २०८३, १५ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद् बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन ।

 
सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को व्यवस्थाअनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले लामो समयदेखि प्रश्नोत्तरको माग गर्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।


सभामुख अर्यालले नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम बैठकमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिए ।


‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ,’ सभामुख अर्यालले भने, ‘यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’

 

प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ। नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न समय छुट्याउने व्यवस्था छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex