१५ बैशाख २०८१, शनिबार
Header

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान


प्रकाशित: मंगलवार, ३ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सर्वदलीय बैठक आब्हान गरेका छन । 


दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले बेलुका ५ बजे प्रम निवास बालुवाटारमा बैठक बोलाएको हो । 


बैठकको ऐजेण्डा नतोकिएपनि समसामयिक विषयमा छलफलको लागि बैठक बोलाएको प्रमका प्रेस संयोजक चेतन अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन । 


प्रम ओली थप उपचारको लागि सिंगापुर जानेबारे पनि जानकारी गराईने बताइएको छ ।


बैठकमा खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ ।


संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD