११ भाद्र २०८३, बिहिबार
Header

प्रधानमन्त्रीको स्वास्थयमा क्रमिक सुधार, हिडडुल गराउन थालियो


प्रकाशित: शुक्रवार, २३ फागुन २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको छ । 


मिर्गौलो प्रत्यारोपण गरेको तेश्रो दिनमा चिकित्सकले प्रम ओलीलाई हिड्डुल गराउन थालेको शुक्रवार अस्पतालले पत्रकार सम्मेलन गरेर बताएका छन । 


अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताए ।


त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको डा.खड्गाले बताए ।


प्रधानमन्त्रीले शुक्रवार विहान घरबाटै लगिएको दाल र दिउँसो खानासमेत खाएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex