२२ बैशाख २०८१, शनिबार
Header

प्रधानमन्त्रीको नयाँ कार्यालयमा प्रम दाहाल र ओलीविच भेटवार्ता


प्रकाशित: मंगलवार, १२ मंसिर २०८०, १६ः५५ बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविच भेटवार्ता भएका छन । 


मंगलबार दिउँसो सिंहदरबारमा प्रम दाहालले नयाँ कार्यालयमा एमाले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए । 


दुुईविच भएको  भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 


एमाले अध्यक्ष ओली मंगलरबार अपराह्न धनगढी जाँदैछन्। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू हुने पुष्पलाल मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानका लागि ओली आजै धनगढी जान लागेका हुन ।  


‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिएको अभियान तीन साता चल्ने छ। तीन साता लामो अभियानका लागि काठमाडौं बाहिर रहने भएकाले पनि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको बताइएको छ ।


प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको भागमा बनाइएको कार्यकक्षमा सरेका थिए । 


२०७२ को भूकम्पले क्षतिग्रस्त भएको उक्त भवन रेट्रोफिटिङ हालै सकिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD