१३ भाद्र २०८३, शनिबार
Header

प्रधानमन्त्रीको डाक्टरलाई ‘सुप्रसिद्ध प्रवल जनसेवा’ प्रदान


प्रकाशित: शुक्रवार, ३ असोज २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंगापुरमा उपचार गर्ने डाक्टर अन्थरमन भाथसालालाई ‘सुप्रसिद्ध प्रवल जनसेवा’ पदक दिएको छ ।


संविधान दिवशको अवसरमा शुक्रवार नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरकी अन्थरमनलाई सो मानपदीवाट विभूषित गरिएको हो ।


सरकारले शुक्रवार सार्वजनिक विभूषण पाउनेहरुमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सग्लन चिकित्सक देखि निजी  चिकित्सक डा.दिव्या सिंह शाह समेत रहेका छन । 


राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेहरुमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या पहिलो नम्बरमा छिन । 


सबैभन्दा माथिल्लो श्रेणीको महाउज्ज्वल राष्ट्रदीपबाट मरणोपरान्त साहित्यकार मदनमणि दीक्षित र तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्मानित गरिने भएको छ ।


त्यसैगरी सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनेको दोस्रो नम्बरमा पर्यटन व्यवसायी स्वर्गीय आङ्छिरिङ शेर्पा र तेस्रो नम्बरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा रहेका छन । 


डिपार्टमेन्ट अफ युरोलोजी तथा रेनल ट्रान्सप्लान्ट अस्पताल दिल्लीका अध्यक्ष प्राध्यापक डा.अनन्त कुमार, दिल्लीस्थित इन्ष्टिच्युट अफ एण्डल्ट रिसन्स्ट्रक्सन, स्पोर्टस इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट दिल्लीका अध्यक्ष डा.राजीव कुमार शर्मा र एपोलो अस्पतालका प्रमुख डा.हर्ष दुवा र  अस्ट्रेलियाको मेलवर्नका डाक्टर डेभिड फ्रान्सिस पनि विभूषित हुने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex