१३ बैशाख २०८१, बिहिबार
Header

प्रधानमन्त्रीको उपचार माफियाको खर्चमाः डा. केसी


प्रकाशित: सोमबार, २७ असोज २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । डा. गोबिन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार माफियाको खर्चमा भईरहेको आरोप लगाएका छन । 


डा. केसीले प्रधानमन्त्रीको उपचार खर्च पारदर्शी हुनुपर्ने बताउँदै उपचार खर्चमा भएको लेनदेन पारदर्शी हुनुपर्ने बताएका छन । 


के.सीले भने, ‘उनलाई जनताले चन्दा उठाएर उपचार खर्च जुटाउँथे, तर उनी माफियाको खर्चमा उपचार गरे ।’


सरकारले तोकिदिएको भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजहरुलाई फौजदारी मुद्दा लगाएर कारबाही गर्नुपर्ने बताए ।


केसीले सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी कार्तिक १३ गतेबाट अनशनमा बस्ने चेतावनी दिएका छन । 


उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने) अल्टिमेटम दिदै भनेका छन,‘ सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’


डा. केसीले पुरानै मागहरुलाई जोडदारका साथ उठाएका छन ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD