काठमाडौं । नव नियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले एक समारोहबीच राष्ट्रपति कार्यालयमा राउतलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराएका हुन । शपथपछि प्रधानन्यायाधीश राउतलाई सभामुख, प्रधानमन्त्री, लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
असोज १६ गतेको संसदीय सुनुवाइ समिति बाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन ।
Categorized in राष्ट्रिय