४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानन्यायाधीश प्रकारण ः सांसदलाई ज्यान मार्ने धम्की, सुनवाई समितिलाई पीएसओ प्रदान


प्रकाशित: बुधबार, १६ साउन २०७५, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधान्यायाधीशमा अनुमोदन नगर्ने निश्चितता बढेपछि हिजो नेकपाका सांसद निरु पाललाई ज्यान मार्ने धम्की आएको संचारमाध्यमहरुका खवर आएको छ । 


संसदीय सुनुवाई विशेष समितिका सदस्य निरु पाल मंगलबार साँझ दूध किन्न सडकमा निस्किएका बेला आफूलाई अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल राखेर धम्की दिएको बताएकी छिन् । 


सांसाद पाललाई अज्ञात व्यक्तिीले धम्की दिएको र आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् । सो घट्नापछि प्रहरी प्रधान कार्यालयले सांसद पालको सुरक्षाका लागि पीएसओ खटाएको छ ।

 
उनीसहित सुनुवाइ समितिका ७ जनालाई सुरक्षा दिने निर्णय भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

 
अज्ञात व्यक्तिबारे अहिलेसम्म प्रहरी प्रशासन अनभिज्ञ रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex