१४ बैशाख २०८१, शुक्रबार
Header

प्रधानन्यायाधीश जबरा निलम्बित


प्रकाशित: आईतवार, १ फागुन २०७८, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबिरुद्ध संसदमा आईतवार महाअभियोग दर्ता गरिएको छ । 


जबराविरुद्ध महाअभिगोग दर्ता भएसँगै उनी निलम्बित भएका हुन । संविधानको धारा १०१(६), अनुसार महाअभियोगको प्रस्तावको टुंगो नलागेसम्म  कुनै कामकार्वाही गर्न पाउने छैन । 


सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन ।


प्रस्तावकहरुमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ रहेका छन । 


महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन । महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD