१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रधानन्यायाधीशमा सिफरिस राणाविरुद्ध उजुरी आव्हान


प्रकाशित: मंगलवार, ३ पुष २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । सर्वोच्च अदलातका लागि प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र समशेर राणविरुद्ध उजुरीको आवहन गरिएको छ ।  


संसदीय सुनुवाइ समितिलेराणाविरुद्ध उजुरी आह्वान गरेको हो । संवैधानिक परिषदले गत मंसिर २७ गते चोलेन्द्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 


संवैधानिक प्रावधानअनुसार, प्रधानन्यायाधीशमा सिफारिस व्यक्तिबारे संसदीय सुनुवाइ हुनुपर्छ । यही व्यवस्था अनुसार, समितिले सुनुवाइ प्रक्रियाका लागि उजुरी आह्वान गरेको हो ।


सुनवाई समितिले उजुरी पुस ११ गते कार्यालय समयभित्र सोझै उपस्थित भएर या फोन तथा इमेलमार्फत पठाउन सकिने समितिले जनाएको छ ।


उजुरीकर्ताले चाहेको खण्डमा परिचय खोप्य राखिने बताइएको छ । 


समितिबाट प्रधानन्यायाधीशको नाम अनुमोदनपछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex