काठमाडौं । सरकारले प्रधानन्यायायधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
अहिले हरिकृष्ण कार्की प्रधानन्यायाधीश छन । उनको साउन २० गते समयावधि सकिन लागेकोले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो ।
श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश हुनेछन । संसदीय सुनुवाइबाट अनुमोदन भए उनी राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन ।
Categorized in राष्ट्रिय