२९ आश्विन २०८३, बिहिबार
Header

प्रदेश ३ सरकारले बारा–पर्सा हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने


प्रकाशित: मंगलवार, १९ चैत्र २०७५, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । बारा– पर्साका हावाहुरीपीडितलाई प्रदेश ३ सरकारले एक करोड सहयोग प्रदान गर्ने भएको छ । 


मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए । 


राहत स्वरुप प्रदेश २ सरकार मार्फत एक करोड सहयोग दिने निर्णय गरेको हो । पीडितका लागि राहत सहयोगका लागि यतिखेर सरकार, स्थानीय संघ, संस्था, रेडक्रस सबै सक्रिय रहेका छन । 


पीडितलाई सहयोग गर्न राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा सहयोग रकम जम्मा गर्न सकिन्छ । साथै मोबाइल बैंकिङबाट पनि कोषमा रकम जम्मा गर्न सकिने छ ।


यस अघि प्रदेश २ सरकारले मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको थियो । 


सो क्षेत्रमा सुरक्षाकर्मीले आवासको लागि एक हजार टहरा बनाउने तयारी गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex