काठमाडौं । प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणी पौडलले काठमाडौं उपत्यकालाई प्राथमिकतामा राखेको जनाएको छ ।
मुख्यमन्त्री पौडेलले उपत्यकामा १० वटा आधुनिक ओभरहेड ब्रिज र अण्डरपास वे प्रदेश सरकारले बनाउने योजना बताएका छन ।
त्यसैगरी क्लिन एण्ड ग्रीन काठमाडौं बनाउनका लागि १२ वटा आधुनिक ब्रुमर हस्तान्तरण गर्न लागिएको उनले सुनाए ।
उपत्यकाको भीडभाड हुने क्षेत्रलाई ओभरहेड व्रिजको निर्माण गरिने र अण्डरपास बनाउने पौडलेको भनाई छ ।
काठमाडौंको वृहत विकास र सुधारको दायीत्व प्रदेश सरकारकै भएकोले अब छिट्टै प्रदेश सरकारको अनुभूति दिने मुख्यमन्त्री पौडलले बताएका छन ।
Categorized in राष्ट्रिय