काठमाडौं । प्रदेश सम्भाव्यता अध्यन विशेष समितिले प्रदेश ३ को राजधानी तोक्न ५ जिल्ला सिफारिस गरेको छ ।
समितिले वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको हो । मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई सो प्रतिवेदन बुझाइएको छ ।
२ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा समितिले प्रतिवेदन तयार गरेको जनाएको छ ।
Categorized in राष्ट्रिय