१३ भाद्र २०८३, शनिबार
Header

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्न राजधानीमा प्रदर्शन


प्रकाशित: आईतबार, १४ असोज २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्न माग गर्दै आईतवार राजधानीमा प्रदर्शन गरेको छ । 


नेवा–ताम्सालिङ संयुक्त संघर्ष समितिको नेतृत्वमा माईतीघर मण्डलामा प्रदेश ३ को नामाकारण नेवाः ताम्सालिङ राखिनुपर्ने भन्दै जनजातिहरु प्रदर्शनमा उत्रेका हुन । 


प्रदर्शनकारीहरुले जनजातिको भाषालाई सरकारी कामकाजीको भाषा बनाई व्यवहारमा लागु गर्न समेत माग गरेका छन् । त्यसैगरी शिक्षण संस्थामा मातृभाषको पठनपाठन अनिवार्य गर्न समेत माग गरेको छ । 


नेवार र तामाङ समुदायको परम्पारगत भेषभुषमा सजिएर आएका प्रदर्शनकारीहरुले कम जनसंख्या भएको जातिहरुको स्वायत्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारविरुद्ध नारावाजी गरेका थिए । 


प्रदर्शनकारीहरुले नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध षडयन्त्र भइरहेको भन्दै त्यस्ता षडयन्त्र विरुद्ध पनि नारावाजी गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex