काठमाडौं । प्रदेश २ भित्र जन्मने हरेक छोरीको एक लाख विमान गरिने मुख्यमन्त्री लालबाबु पण्डितले बताएको छ ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सो कार्यक्रम पहिलो चरणमा प्रदेशका ८ वटा जिल्लाबाट सुरु गर्ने मुख्यमन्त्री राउतको भनाई रहेको छ ।
मुख्यमन्त्री राउतका अनुसार फागुन पहिलो सातादेखि सुरु हुने बीमा कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने कार्यक्रम छ ।
बीमाको प्रिमियम प्रदेश सरकारले तिर्छ र २० वर्षपछि हरेक बिमितले एक लाखको वीमा पाउनेछ जसले गर्दा भविष्यमा हुर्केका छोरीहरुले आफ्नो शिक्षा हासिल गर्न सहज हुनेछ ।
यस कार्यक्रमले प्रदेश सरकारलाई एक अर्वको भार देखिएको छ । यसको लागि ५० देखि ६० हजारसम्मको छोरीहरु जन्मनुपर्ने मुख्य मन्त्री राउतले बताए ।
Categorized in समाज