५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

प्रदेश २ को प्रहरी ऐनमा माहिलालाई ५० प्रतिशत आरक्षण


प्रकाशित: शनिबार, २ असार २०७५, १४ः१६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतले प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी गरेको जनाएको छ ।

 
मुस्लिम धर्मालम्बीहरुको महान चाड इद उल फित्रको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकास्थित इदगाहमा नवाज पढ्का गएका मुख्य मन्त्री राउतले सो कुरा बताएका थिए ।

 
यसै क्रममा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्र्पूण नेपाली इस्लाम धर्मालम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

 
मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याउन लागेका प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको जानकारी दिदैं शान्ति सुरक्षा कायम राख्न महिलाहरु सक्षम भएको बताए ।

 
त्यसैगरी पढेलेखेका महिलालाई प्रदेशको उच्च ओहदासम्म पु¥याउन प्रदेश सकारले आरक्षणको व्यवस्थासमेत गर्न लागेको जानकारी दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex