काठमाडौ । प्रदेश २ का मुख्यमन्त्र िलालबु राउतले ५ हजार बालिकाको शिक्षा बीमा गरिने बताएका छन् ।
चालु आर्थिक बर्षको १० महिनामा ५ बर्ष मुनिका बालिका शिक्षा बीमा गरिने ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा सो घोषणा गरेका हुन ।
क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित मदरसा अनवारुल उलुमले आयोजना गरेको सो कार्यक्रममा मुख्यमन्त्री राउतले पहिलो चरणमा दलित, मुस्लिम र विपन्न परिवारका बालिका प्राथमिकतामा राखिने बताएका छन् ।
त्यसैगरी मुख्यमन्त्री राउतले यसै वर्ष प्रत्येक जिल्लामा एक÷एक हजार साइकल वितरण गर्ने योजना रहेको जानकारी दिए ।
उनले छोरा–छोरी दुवै लाई समान व्यवहार गर्न आग्रह गर्दै प्रदेश २ मा मुस्लिम समुदायका अवस्था दलितका भन्दा दयनिय रहको बताए ।
Categorized in समाज