काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसले सरकारको यस कदमको चर्को विरोध गर्दै एक विज्ञप्ती जारी गरेको छ । कांग्रेसले उक्त बर्खास्ती र नयाँ नियुक्तिको विरोध र भत्सर्ना गर्दछ भनेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’
अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी समेत दिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
Categorized in राष्ट्रिय