काठमाडौं । प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यलय धनकुटा तोकिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी सो बैठकले कानून मस्यौदा सुझाव समितिको म्याद थप गर्ने निर्णय गर्नुका साथै कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि २०७६ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारको प्रवक्तासमेत रहनुभएका हिक्मतकुमार कार्कीले बैठकले विभिन्न १३ वटा को निर्णय गरेको जानकारी दिए ।
Categorized in समाज