काठमाडौं । प्रदेश नं. १ को राजधानी विराटनगर कायम हुने निश्चित भएपनि नाम भने जुरेको छैन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।
संसदीय दलको निर्णय अनुसार राजधानी विराटनगर रहने तर, कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गरिने छ ।
प्रदेशको स्थायी राजधानीबारे प्रदेशसभामा चार वटा प्रस्ताव दर्ता भएका छन ।
दुई तिहाई बहुमत रहेको नेकपाले गराएको सो प्रस्तावमा प्रतिपक्ष दल कांग्रेसको पनि सहमति रहेको छ ।
प्रदेशको नामको विषयमा अझै छलफल आवश्यक भएको मुख्यमन्त्री शेरधन राईले बताएका छन ।
Categorized in राष्ट्रिय