१४ बैशाख २०८१, शुक्रबार
Header

प्रदेश १ को मन्त्रालयमा सुर्तीजन्य पदार्थ बोक्न निषेध


प्रकाशित: सोमबार, २५ चैत्र २०७५, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रदेश १ को मन्त्रालय तथा मातहतका कार्यलयमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरिएको छ । 


सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि सो लागु गरिएको माजिक विकासमन्त्री जीवन घिमिरेले घोषणा गरेका छन । 


मन्त्रालयलद्वारा आयोजित  कार्यक्रममा  चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा, कच्चा सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न र बोक्न निषेध गरिएको हो । 


मन्त्रालय प्राङ्गणको मूलढोकामा सुरक्षागार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सुर्तीजन्य पदार्थ जाँच गरी सुर्ती फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ । 


मन्त्रालायले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले आइतबारदेखि यसको प्रभावकारी थालनी गरिएको जनाएको छ । 


मन्त्रालयका प्रवक्ता गोपी घिमिरेका अनुसार मन्त्रालयभित्र त्यस्तो पदार्थ साथमा भेटिए नियमअनुसार कारवाही हुने बताएका छन ।


त्यसैगरी मन्त्रालयका सबै मातहतका सम्पूर्ण कार्यालयमा यस्ता पदार्थ लैजान रोक लगाइएको छ । प्रदेश भित्रका विद्यालय, स्वस्थ्य संस्थालगायतका अन्य स्थानमा सुर्तीजन्य पदार्थको सेवन रोक्ने कार्यको शुरु गरिएको छ । 


प्रदेशमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न कानून निर्माण गरिने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD