१३ भाद्र २०८३, शनिबार
Header

प्रदेश १ का राजधानी विराटनगर कायम गर्न दवाव अभियान सुरु


प्रकाशित: सोमबार, १५ असोज २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रदेश १ का स्थायी राजधानी विराटनगर कायम गर्न दवाव मुलक अभियान सुरु भएको छ । 


सरोकारवालाहरुले आईतवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संगठीत रुपमा दववा अयिभान थलिने बताएका छन् ।

 
उद्योग सङगठन मोरङ र मोरङ व्यापार संघद्धारा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले प्रदेश १ को राजाधानी विराटनगरको विकल्प नभएको बताएका थिए । 


सो अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्की, एलिट क्लबका अध्यक्ष प्रा भेषराज धमला, प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले आ–आफ्नो भनाई राखेका थिए । 


त्यसैगरी उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगर बाहिर राजधानी घोषणा गर्नु दुर्भाग्यपुर्ण हुने धारणा राखे । 


चिकित्सक कैलाश श्रेष्ठ, सामाजिक अभियन्ता दुर्गा चापागाई, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेशकुमार मास्के, साहित्यकार दिनेश सुवेदीलगायतले विराटनगरलाई स्थायी राजधानी कायम गराउन सङ्घर्ष समिति गठन गरेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex