१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रदेश नं ३ को नाम ‘नेपालमण्डल’ र ‘नेवाःताम्सालिङ’ राख्न प्रस्ताव, गौरीशंकर पनि चर्चामा


प्रकाशित: आईतबार, १९ जेठ २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रदेश नं. ३ को नाम गौरीशंकर प्रदेश राख्ने बारे चर्चा चलिहरेका बेला पहिचान पक्षधर सांसदहरुले पहिचान झल्कने गरी दुई वटा नाम दर्ता गराएका छन । 


नेवाः पहिचान दिने गरी प्रदेश नं. ३ को नाम नेपालमण्डल र नेवाःताम्सालिङ राख्न भनेर छुट्टा–छुट्टै दुई वटा प्रस्ताव दर्ता गराएका हो । 


सांसदद्वय डाक्टर अजयक्रान्ति शाक्य र बसन्त मानन्धर प्रस्तावक रहेर संसद सचिवालयमा प्रदेश नं. ३ को नाम नेपालमण्डल राख्न प्रस्ताव दर्ता गराएका छन । 


प्रदेश सभामुख सानु श्रेष्ठमार्फत सो प्रस्ताव दर्ता गराएका सांसद अजयक्रान्तिले जानकारी दिएका छन । 


सो नामको प्रस्तावमा समर्थक सांसद्हरु केशव स्थापित, राजेश शाक्य, ज्ञानेन्द्र शाक्य, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, उर्मीला, सरस्वती वाटी रहेका छन । 


नेपालमण्डलनै राख्नु पर्ने ऐतहासिक तथा भौगोकिल, जनसंख्या, पहिचानको कारणहरु उल्लेख गरेर सो प्रस्ता दर्ता गराएको सांसाद शाक्यले बताए । 


प्रदेश ३ का १३ जिल्ला मध्ये चितवन बाहेक सबै जिल्ला प्रस्तावित नेपालमण्डलभित्र पर्ने सो प्रस्तावमा उल्लेख छ । 


नेपालमण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोसी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ्ग), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा तिस्तुङ (मकवानपुर) सम्म थियो । 


प्रस्तावमा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिंदा नेपालमण्डललाई एक अलग्गै प्रदेश मानेको कुरा पनि उल्लेख गरिएको छ ।


प्रस्तावमा उल्लेख भए अनुसार नेपालमण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवी राजा जयदेवको इश्वीको आठौं शताब्दीको अभिलेखमा उल्लेख भएको पाइन्छ । 


मल्लकालसम्म आउँदा नेपालमण्डल भन्नाले पाँचवटा राज्य काठमाडौं, भक्तपुर, ललितपुर, वनेपा र दोलखा रहेको ईतिहास छ । चितवन बोहक १२ वटा जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ्ग, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर हुन ।


नेपालमण्डलका मुख्य दुई जाती नेवार र तामाङ बाहेक मल्लकालमा नेपालमण्डल आई बसेका खस आर्य, ब्राम्हणहरु पनि यहाँका आदिबासी रहेको भन्दै अल्पसंख्यक रुपमा रहेका दोलखाको थामी, जिरेल, चुरे पहाड वरपर रहेका चेपाङ र काँठमा रहेका दनुवार पनि यहाँका आदिवासी  रहेको प्रस्तावमा उल्लेख छ । 


त्यसैगरी  सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्तावक भएर प्रदेश नं. ३ को नाम ‘नेवाः ताम्सालिङ’ प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन ।


प्रस्तावको समर्थकहरुमा सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारी रहेका छन । 


उनीहरले बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको हो । 


सांसद ओमबहादुर ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ राख्नुपर्ने बताएका छन ।


उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामथ्र्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम ‘नेवाः ताम्सालिङ’ राख्नुपर्ने धारणा राखे ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex