१२ भाद्र २०८३, शुक्रबार
Header

प्रदेश नं एकको भारतीय सिमावर्ती क्षेत्रमा चार ओटा पोष्ट स्थापना गरिने


प्रकाशित: मंगलबार, २२ साउन २०७५, २१ः०१ बजे
- महानगरखबर

काठमाडौं । प्रदेश नं १ मोरङ जिल्लाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रमा थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ( बीओपी ) स्थापाना गरिने भएको छ ।

 
सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि प्रदेश सरकारले निर्णय गरेपछि सो पोष्ट निर्माण गर्न लागिएको हो । सीमावर्ती क्षेत्रको डोरिया, सिक्टी, जहदा र तारेगामामा क्षेत्रमा आउट पोष्ट स्थापना गर्न लागिएको हो ।  


दक्षिणी सीमा क्षेत्रवाट हुने अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरीतस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गणले आउट पोष्ट स्थापना गर्ने भएको हो । 


हाल ५ वटा रंगेली, मयागञ्ज, वरडङ्गा, नोचा तथा बखरीमा पोष्ट सञ्चालनमा रहेका छन । मोरङ जिल्ला र भारतसँगको ६३ किलोमिटर सीमाक्षेत्रमा ४ वटा पोष्ट थपिएपछि ९ पुग्नेछ । 


एउटा पोष्टमा ३५ जना सशस्त्र प्रहरीको कमाण्ड रहनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex