४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रदेश दुईमा प्रधामन्त्री ओलीलाई मैथली खाना र पान खुवाइने


प्रकाशित: शनिबार, २ भाद्र २०७५, ०९ः३४ बजे
- महानगरखबर

काठमाडौं । प्रदेश नं. २ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजे सम्बोधन गर्ने कार्यक्रम छ । 


प्रदेश २ का सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । 


प्रधानमन्त्री ओलीले ७ वटै प्रदेशसभामा सम्बोधन कार्यक्रम अनुसार शनिबार प्रदेश २ मा सम्बोधन गर्न लागेको हो ।  


प्रदेशसभामा सम्बोधनपश्चात प्रधानमन्त्री ओलीलाई प्रदेशसभा परिसरमै मिथिला भोजन दाल, भात, तरुवा, तरकारी, करही बरी र माछालगायतका गराउने छ । 


खानापश्चात मिथिला विशेष पानसमेत खुवाइने सभामुख यादवले बताएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex