३ भाद्र २०८३, बुधबार
Header

प्रदेशस्तरीय दुई दिने माघी महोत्सव हुने


प्रकाशित: शनिवार, १४ पुष २०७५, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । दाङको घोराहीमा प्रदेशस्तरीय दुई दिने माघी महोत्सव हुने भएको छ । 


यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउने तयारी भईरहेको आयोजकले जनाएको छ ।


थारू कल्याणकारिणी सभाका जिल्लासभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । 


थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महोत्सवमा मघौटा नाचको विशेष प्रस्तुत रहने छ ।


त्यसैगरी थारू परिकारका रूपमा घोङी, ढिक्री, अनदी चामलको भात, माछा, सुँगुरको मासुलगायतको स्टल राखिने संयोजक चौधरीले जानकारी दिए । 


महोत्सवमा परम्परागत हस्तकला, थारू भाषाका पुस्तक प्रदर्शनी पनि गरिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex