८ बैशाख २०८१, शनिबार
Header

प्रदिप खड्गीको निर्देशन रहेको चलचित्र ‘कीर्तिपुर’ देशभर प्रदर्शन हुँदै


प्रकाशित: विहिवार, ९ जेठ २०७६, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रदिप खड्गीको निर्देशनमा रहेको ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । 


साहित्यकार वासु पासा श्रेष्ठको उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ द लिजेण्ट अफ कीर्तिलक्ष्मीका केही पोष्टहरु अहिले सार्वजनिक गरिएको छ । 


पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गर्ने क्रममा कीर्तिपुरमा हमला गर्दा त्यहाँ कीर्तिलक्ष्मी नाम गरेकी वीरांगनाले देखाएको वीरताको कथामा आधारित यस चलचित्रले ईतिहासको पाटो खोल्ने विश्वास गरिएको छ । 


यस चलचित्रलाइ बिरेन्द्र ताम्राकार , प्रेम खड्गी र अनन्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका छन भने चलचित्रमा ​प्रदिप खड्गीको सम्बाद, के.के मानन्धरको पटकथा,संबाद, ​शंकर महर्जनको छायांकन, ​नविन जोशीको सहायक छाँयाकन रहेको छ ।
चलचित्रमा किर्तीलक्ष्मीका धेरै द्रिश्यहरु भिएफएक्सको माध्यमबाट तयार गरिएको छ ।


यस चलचित्रमा राजमति चलचित्र कि नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शिर्ष भुमिका निर्वाह गरेकी छन भने एस राज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, मनीराज लावतले पनि भूमिका रहेका छन । 


यसैगरी जाःमन गुभाजुका सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जला नकर्मीको समेत अभिनय रहेको छ । यस चलचित्रलाई भने ​रिच इन्टरटेन्मेण्ट प्रा.लीका करन श्रेष्ठले वितरण गर्ने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD