४ जेठ २०८२, शनिबार
Header

प्रथम शेर बहादुर देउवा कप कराते प्रतियोगिताको च्याम्पियन बने पुलिस क्लव


प्रकाशित: आइतवार, १४ बैशाख २०८२, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रथम शेर बहादुर कप राष्ट्रिय कराते प्रतियोगिता – २०८२ को च्याम्पियन नेपाल पुसिल क्लव बनेका छन । 


हिजो शनिवारको अन्तिम प्रतिस्पर्धामा ९ स्वर्णसहित १ रजत र २ कास्य गरी १२ पदक जितेर पुलिस क्लव च्याम्पियन बन्न सपल भएको हो ।

 
सशस्त्र प्रहरी बल (एपिएफ)ले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त हासिल गर्दै उप विजेत बने भने त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, ६ रजत र२ कास्य पदकका साथ तेस्रो भयो ।

 

बागमती, कोशी र मधेश प्रदेशले पनि समान १ स्वर्ण पदक जितेको छ ।

 


अन्तिम दिन प्रमुख अथिती नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित बागमति प्रदेशका खेलकुद तथा युवा मन्त्री मिनकृष्ण महर्जन लगायतको उपस्थिती रहेको छ ।


नेपाल कराते एकेडेमी, सातदोवाटो ललितपुरमा यस प्रतियोगिता बैशाख ११ गते देखि सुरु भएको हो ।


६८ केजी माथीको तौल समुहमा ऐतिहासिक पदक विजेता पुलिसकी एरिका गुरूङले स्वर्ण पदक जितिन । उनले लुम्बिनीकी दिया थापालाई ९–० को अत्यन्त सहज नतिजामा पराजित गरिन ।


त्यसैगरी, महिला ५५ केजीमा पुलिसकी सविना श्रेष्ठले स्वर्ण जितिन ।  उनले फाइनलमा सोनु श्रेष्ठलाई १६–८ ले माथ दिइन् । 

 


महिला ५५ केजीमा बागमती प्रदेशकी अञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९–३ ले हराउँदै जित हासिल गरिन 


पुरुष ७५ केजी मुनि पुलिसका राजीव पुडासैनी पहिलो भए । उनले फाइनलमा आर्मीका सिब्बु ओडलाई हराए । 


५० केजीमा मधेश प्रदेशका राकेश मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा कोशी प्रदेशका दीपेश राईलाई हराए ।

 


टिम च्याम्पियन पुलिसले २ लाख, एपिएफले १ लाख र आर्मीले ५० हजार रुपैयाँ प्राप्त नगदसहित ट्राफि पुरस्कार कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रदान गरेका थिए । 


यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशद्वारा प्रायोजित ३ दिने प्रतियोगितामा पुरुषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागिता थियो । 


पुरुषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा समावेश गरिएको थियो ।

 


यस प्रतियोगितको अवधिभर यस प्रतियोगितका परिकल्पनाकार तथा बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको उपस्थितीमा सम्पन्न भएको थियो ।


बैशाख ११ गतेबाट सुरु भएको यस प्रतियोगिताको पहिलो खेलका प्रमुख अथिती उपप्रधान तथा सहकार विकास मन्त्री प्रकाशमान सिंह थिए भने दोस्रो दिन नेपाली कांग्रेसका बागमति प्रदेश सभासद तथा सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अथिति रहेका थिए । 


तस्वीरुहः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex