११ बैशाख २०८१, मंगलबार
Header

प्रथम मानवता संरक्षण अन्तर्राष्ट्रिय सम्मेलन शुरु


प्रकाशित: शुक्रवार, ६ बैशाख २०७६, १०ः५६ बजे
- महानगरखवर

काठमाडौं ।  मानवताको संरक्षण, शान्ति, भाइचारा र विभेद गर्न नहुने सन्देश दिने उद्देश्यका साथ बीरगञ्जको हावाहुरीमा प्रथम मानवता संरक्षण अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । 


सो सम्मेलनको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्दै मानवताका विच विभेद गर्न नहुने बताए ।  


मर्कजी जमिअत अहलेहदीस नेपालले आयोजना गरेको सम्मेलनमा मुख्यमन्त्री रावतले मानवताको संरक्षण र सन्देश इस्लाम धर्मले दिएको बताए । 


मुख्यमन्त्री राउतले प्रदेश नं २ का सबै जातजातिको सङ्ख्याका आधारमै आरक्षणको व्यवस्था गर्ने तयारीमा प्रदेश सरकार रहेको जानकारी दिए । 


प्रदेशभित्र रहेका महिलालाई ५० प्रतिशत आरक्ष दिने निर्णय भएको र अब जनसङ्ख्याका आधारमा राज्यको सबै निकायमा आरक्षण गर्ने तयारी भइरहेको मुख्य मन्त्री राउतको भनाई थियो । 


मर्कजी जमिअत अहलेहदीस नेपालका अध्यक्ष मौलाना हारुन सल्फीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी, प्रतिनिधिसभा सदस्य विमलप्रसाद श्रीवास्तब, प्रदीप यादवलगायतले संविधानमा मुस्लिम समुदायको पहिचानलाई सुरक्षित गर्दै थोरै भएपछि अधिकार दिएको धारणा व्यक्त गरे । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD