८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रत्येक नेपालीको हातहातमा गीता पु¥याउने अभियानको घोषणा


प्रकाशित: सोमबार, २१ साउन २०७५, ०९ः०२ बजे
- महानगरखबर

काठमाडौँ । हिन्दु धर्मवालीको पवित्र ग्रन्थ श्रीमद्भागवत गीता प्रत्येक नेपालीको हात–हातमा पु¥याउने घोषणा गरिएको छ ।

 
गीता प्रेस बिक्री केन्द्रद्धारा आइतबार राजधानीमा आायेजित श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा प्रत्येक नेपालीका हातहातमा पु¥याउने अयिभान संचालन गर्ने जनाएको छ । 


अमेरिका र नेदरल्याण्डजस्ता मुलुकमा कक्षा ५ देखिनै गीता अध्यापन गराईने गरेको भएपनि नेपालमा यस बिषयमा अध्ययन नगराईनु दुःखद भएको पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले बताएका छन् । बैदिक ज्ञानको भण्डारको रुपमा नेपाल र भारतलाई बुझिन्छ । 


सो कार्यक्रममा पशुपति विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले प्रत्येक देशको नेतृत्वका पाँच जना र विश्वका एक हजार नेतृत्व वर्गलाई गीता अध्ययन गराएमा विश्वशान्ति स्थापना हुने विचार व्यक्त गरेका छन् ।

 
कार्यक्रममा भारतीय राजदूतावासका मिशन उपप्रमुख डा अजय कुमार, नेपाल मारवाडी राष्ट्रिय परिषद्का अध्यक्ष पवन मित्तल, चौधरीग्रुपका महाप्रबन्धक मधु पौडेल, गीता प्रेसका प्रधानसम्पादक डा लालमणि तिवारी, गीता प्रेस सेवा केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडालगायतले गीता अध्ययनको बिषयको चर्चा गरेका थिए । 


गीता ग्रन्थ विश्वमै बढी भाषामा अनुवाद भएको र धेरै बिक्रीको अभिलेख रहेको छ । 


गीता प्रेसले पहिलोपटक नेपालीमा अनुवाद गरेको गीता ग्रन्थको अनुवाद आचार्य लक्ष्मण भण्डारीले गरेको हो । सो पुस्तकमा ३०० पृष्ठ छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex