१३ भाद्र २०८३, शनिबार
Header

प्रतिवादीतर्फका ४२ वकिलको बहष सकियो, प्रत्युत्तरका लागि सरकारी वकिलको कडा तयारी 


प्रकाशित: शुक्रबार, ४ जेठ २०७५, १३ः२० बजे
- जेम्सज्वेलरीखवर

काठमाडौ । सनम शाक्य हत्यसँग जोडिएको ३३ किलो सुन तस्करी प्रकरणमा प्रतिवादीतर्फका ४२ वकिलहरुले हिजो बहष सकाएका छन् । आज पनि बहष जारी रहेको छ ।


मोरङ जिल्ला अदालतमा जारी बहषमा अहिले सम्म प्रतिवादीतर्फका वकालतनामा दर्ता गराएकामध्ये अब बहस गर्न बाँकी २४ जना छन् ।


प्रतिवादीतर्फका वकिलहरुले सरकारी वकिलले अभियुक्रहरुमथि लगाएको अधिकांश दावीको कडा रुपमा खण्डन गरेका छन् । प्रत्याप्त प्रमाणका आधारविनानै अभियुक्तहरुमाथि मुद्दा लगाएको भन्दै आदालतसँग उनीहरुलाई छोड्न माग गरिहेका छन् ।

 
सबैको बहस सकिएपछि सरकारी वकिलकातर्फबाट प्रत्युत्तर बहस हुने र त्यसपछि न्यायाधीशबाट थुनछेकको आदेश हुने भएकोले सरकार पक्षको तर्क र प्रमाणहरुको प्रतिवादीबाट खण्डन भएपछि त्यसलाई पुष्टि गर्ने खालका तथ्यसहित प्रत्युत्तर बहस गर्न सरकारी वकिलहरु तयारीमा लागेका छन् ।


सरकारी वकिलहरले कडा तयारी नगरे अधिकांश अभियुक्त तारेख वा धरौटीमा छुट्न सक्नेछन् ।

 
सरकारतर्फबाट प्रत्युत्तर बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुली, मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले तयारी गरिरहेका छन् । सरकारतर्फबाट उनीहरुसहित ७ जनाले थुनछेक बहस गरेका थिए । प्रतिवादीको तर्कलाई खण्डन गर्ने र उपलब्ध प्रमाणका साथै सम्भावित अन्य प्रमाणबारे उनीहरुबीच छलफल भइरहेको छ ।


यो मुद्दाका ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) सहित ३३ जना फरार छन् ।

 
सनम शाक्य हत्यासँग जोडिएको ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

 
उनीहरुविरुद्ध ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरिएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex