१३ बैशाख २०८१, बिहिबार
Header

प्रतिलिटर ९ रुपियाँले बढ्यो दूधको मूल्य


प्रकाशित: विहिवार, २७ माघ २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ ।


यो मूल्यबृद्धिसँगै अब दूधको मूल्य प्रतिलिटर ८५ पुगेको छ । अब काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । 


यस्तै वुटवल भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।  


बढेको मूल्य शुक्रबारदेखि लागू हुने संस्थानले बताएको छ । 


बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD