७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रतिनिधि सभाबाट टीआरसी विधेयक बहुमतले पारित


प्रकाशित: बुधवार, ३० साउन २०८१, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधिसभा बाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक बुधवार पारित भएको छ ।


दिउँसो १ बजे सञ्चालन भएको बैठकमा विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । 


सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन ।


विधेयकमा हालै दलहरूबीच सहमति जुटेर संसदको कानुन न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत पारित भएपछि प्रतिनिधिसभाको बैठकमा पेश गरिएको थियो । 


सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पेस भई छलफल भइ पारित भएपछि फेरि प्रतिनिधि सभामा आउँछ र सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ ।


सभामुखबाट प्रमाणिकारका लागि पठाएको विधेयक राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रूप लिनेछ ।


सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबाहेक अरु सांसदले विधेयक पारितको पक्षमा मत दिए ।


बैठकको सुरुमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्माले बोलेका थिए ।


त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाले टिआरसी विधेयकको बारेमा आफ्नो धारणा राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex